मोरङ ६ (क)का स्वतन्त्र उम्मेदवार दाहालले उम्मेदवारी निष्क्रिय बनाए, माओवादीका जीवन आचार्यलाई समर्थन

मोरङ क्षेत्र नम्बर ६ (क)का स्वतन्त्र उम्मेदवार नवीन दाहालले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । गठबन्धनका उम्मेदवार जीवन आचार्यलाई समर्थन गर्दै उनले उम्मेदवारी निष्क्रिय बनाएका हुन् । 

स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता दाहालले डा. शेखर कोइरालासँगको छलफलपछि बुधबारबाट गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका केन्द्रीय सदस्य आचार्यलाई समर्थन गरेका हुन् ।

मोरङ क्षेत्र नम्बर ६ (१) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता जीवन आचार्य प्रदेश सदस्यका लागि उम्मेदवार बनेका छन् ।

उनी २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए । आचार्य माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाईं पनि हुन् । 

क्षेत्र नम्बर ६(१)मा एमालेबाट निजी स्कुल सञ्चालक रिता न्यौपाने उम्मेदवार छिन् ।

दाहालले गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न आफूले उम्मेदवारी फिर्ता लिएको बताए ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १९:६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया