भरुवा बन्दुक देखाएर श्रीमती कुटपिट गरेको आरोपमा युवक पक्राउ

प्रहरीले मोरङबाट एक युवकलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । जिल्लाको उर्लाबारी नगरपालिका–२ सिमसार टोल बस्ने ३१ वर्षीय दीपक विश्वकर्मालाई एक थान अवैध भरुवा बन्दुकसहित बुधबार दिउँसो पक्राउ गरेको हो । 

मदिरा पिएर दीपकले आफ्नो घरमा रहेको भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १२:१६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया