मोरङ ३ का कांग्रेस उम्मेदवार डा.शर्माकाे घाेषणा : निर्वाचित भएँ भने राज्यकोषबाट कुनै सुविधा लिन्नँ

मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिलकुमार शर्माले आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएमा राज्यबाट पाउने तलबभत्ता नलिने घोषणा गरेका छन् । मंगलबार सत्ता गठबन्धनले माेरङमा आयोजना गरेकाे कोणसभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

भ्रष्टाचार गर्नु वा घुस खानु आफ्ना लागि आमाको रगत खाए समान हुने भन्दै शर्माले राज्यकोषबाट कुनै सुविधा नै नलिई काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि जनताले जिताएका धेरै जनप्रतिनिधि घुस खान र भ्रष्टाचार गर्न लागेकाले जनचाहना पूरा हुन नसकेको उनकाे भनाइ थियो । 

साे क्षेत्रमा नेकपा एमालेबाट पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त आचार्य र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अभिनेत्री रेखा थापा चुनावी मैदानमा छन् ।  





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १८:१८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया