प्रियंका चोपडाविरुद्ध लखनउमा विरोध प्रदर्शन

अभिनेत्री प्रियंका चोपडाविरुद्ध लखनउमा विरोध प्रदर्शन भएको छ । लखनउमा प्रियंकाको किन विरोध भइरहेको छ भन्ने विषयमा सबै अन्योलमा छन् । 

अमेरिकाबाट तीन वर्षपछि भारत फर्किएकी प्रियंका पछिल्लो दिनमा मुम्बईमा एक हेयर प्रोडक्टको प्रमोसन गरिरहेकी थिइन् । प्रमोसनपछि प्रियंका अमेरिका फर्किनेछिन् ।

हाल उनी लखनउमा छिन् । ‘नवाबको सहर’ लखनउमा प्रियंका अलग–अलग स्थान पुगेर बच्चाहरूसँग भेटघाट गरिरहेकी छन् । लखनउको गोमतीनगरमा प्रियंकाको पोस्टर टाँसिएका छन् । हरेक पोस्टरमा रातो रंगले क्रस गरिएको छ । ‘तिमीलाई नवाबको सहरमा स्वागत छैन’, पोस्टरमा लेखिएको छ ।

प्रहरीले पनि के कारणले विरोध भइरहेको छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रियंका मुम्बईमा प्रमोसनपछि युनिसेफको कार्यक्रमका लागि लखनउ पुगेकी हुन् । त्यहाँ उनी दुई दिन बस्नेछिन् । प्रियंका लखनउको लोक बन्धु अस्पताल र वन स्टप सेन्टरको १८१ महिला हेल्पलाइन जानेछिन् ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १९:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया