फिफा विश्वकपमा स्पेन र बेल्जियमको विजयी सुरुवात

कतारमा जारी फिफा विश्वकपअन्तर्गत गएराति सम्पन्न आ–आफ्ना खेलमा जित हात पार्दै स्पेन र बेल्जियमले विजयी सुरुवात गरेका छन् । समूह `इ´ को खेलमा स्पेनले काेस्टारिकाविरुद्ध ७–० काे फराकिलो जित निकाल्याे ।

स्पेनले विश्वकपमा कुनै पनि टोलीविरुद्ध पहिलोपटक सात गाेलकाे फराकिलो जित हात पारेकाे हो । अल थुमामा स्टेडियममा स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई, डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक/एक गोल गरे ।

 स्पेनले खेलकाे ११ औं मिनेटमा ओल्मोको गोलमार्फत अग्रता लिएकाे थियो । यो स्पेनका लागि विश्वकपमा १०० औं गोल हो । 

२१ औं मिनेटमा एसेन्सियोले टाेलीकाे अग्रता दाेब्बर बनाए । ३१ औं मिनेटमा टोरेसले पेनाल्टीमार्फत गोल गरेपछि स्पेन पहिलो हाफमा ३–० काे आरामदायी अग्रता लियाे ।

कोस्टारिकाका ओस्कारले जोर्डी अल्बालाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो । जसमा टोरेसले सहजै गोल गरे ।

५४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो तथा टाेलीका लागि चाैथाे गाेल गरे । ७५ औं मिनेटमा गाभीले स्पेनलाई ५–० को अग्रता दिलाए ।



याेसँगै १८ वर्ष ११० दिनका गाभी विश्वकपमा गाेल गर्ने सबैभन्दा कान्छा स्पेनिस खेलाडी बनेका छन् । ९० औं मिनेटमा सोलेरले टाेलीका लागि छैटौँ गाेल गरे । थप गरिएकाे समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७-० गोलको फराकिलो जित दिलाए ।

याे जितसँगै स्पेनले ३ अंक जाेड्दा काेस्टारिकाले हारबाट प्रतियाेगिताकाे सुरुवात गरेकाे छ । त्यस्तै, समूह `एफ´ काे खेलमा बेल्जियमले क्यानडाविरुद्ध १–० को कठिन जित निकाल्याे ।



अहमद बिन अली(अल रायन)  स्टेडियममा दिलाउन मिसी बात्सुयीले गरेकाे एक मात्र गाेल बेल्जियमकाे जितमा निर्णायक बन्याे । उनले खेलको ४४ औं मिनेटमा टाेबी एल्डरवेइरेल्डको पासलाई सदुपयाेग गरेका हुन् । 

त्यसअघि खेलको ११ औं मिनेटमा अल्फन्सो डेभिस पेनाल्टीमा चुक्दा  क्यानडाले सुरुवाती अग्रता लिने अवसर गुमाएकाे थियाे । ​उनकाे प्रहारलाई बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए ।

बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि  क्यानडाले पेनाल्टी पाएको थियो । तर, त्यसमा डेभिस सफल हुन सकेनन् । ​यो जितसँगै बेल्जियमले ३ अंक जाेड्दा क्यानडाले हारबाट प्रतियाेगिताकाे सुरुवात गरेको छ ।

  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ७:११:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया