सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादीका उम्मेदवार अशोक राईले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार राईले १३ हजार ८०१ मत पाएका छन् ।
६६०२५ मत गणना हुँदा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई चार मतले पछि पारेका हुन् । तामाङले १३ हजार ७९७ मत पाएका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बा १० हजार ७८४ मतसहित तेस्रो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले ६हजार ८३४ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।