नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्ता गठबन्धनले आगामी पाँच वर्ष मिलेर सरकार चलाउने विश्वास व्यक्त गरेका छन् ।
झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उनले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिए । अबको राजनीति जनभावनाअनुसार अघि बढ्नुपर्ने बताउँदै उनले प्रतिगमनविरुद्धका समस्याको समाधान हुनुपर्ने बताए ।
जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू गम्भीर हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘संघीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ ।’्
पुरानो राजनीतिक शैलीलाई अघि बढाएर लक्ष्यमा पुग्न नसकिने भन्दै उनले यसतर्फ पनि सोच्ने बेला आएको बताए । मुलुकको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले शासन सञ्चालनमा समेत नवीनता आउन जरुरी रहेको उनको भनाइ छ ।
आफू राजनीतिमा सक्रिय रहीरहने उनले स्पष्ट पारे । निर्वाचनबाट कोही विजय, कोही पराजय भए पनि राजनीतिमा उन्नत संस्कार सिक्नुपर्ने उनको भनाइ छ । सिटौला राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।