नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले सोमबार फेसुबुकमा सेयर गरेको फोटो अहिले चर्चामा छ ।
उनले भैरहवा विमानस्थलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र अर्का नेता खिमलाल भट्टराईको बीचमा आफू बसेको फोटो सेयर गर्दै लेखेकी छिन्– तस्बिरमा सन्देश छ ।
झाँक्री भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गुल्मीबाट एमालेका गोकर्ण विष्टसँग पराजित भएकी थिइन् । उनले लेखेको क्याप्सनले झाँक्री एमलेमा प्रवेश गर्ने तयारीमा रहेको धेरैले अनुमान गरेका छन् ।
>
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।