हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा हातहतियार खरखजाना मुद्धाका फरार कसुरदार पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ४ को स्थानीय बजारमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले ती फरार प्रतिवादीलाई समातेको हो । 

प्रहरीका अनुसार प्रक्राउ पर्नेमा बेलौरी नगरपालिका–६ का ३६ वर्षीय हरि भट्ट रहेका छन् । सोमबार दिउँसो उनी समातिएको प्रहरीले जनाएको छ । 

उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले उनलाई हातहतियार, खरखजाना मुद्धामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमानाको फैसला गरेको थियो। अदालतले २०७९ असार ७ गते उक्त फैसला सुनाएको थियो ।

तर, उनी उक्त सजाय पूरा नगरी फरार रहेका थिए । अहिले फरार रहेका उनलाई पक्राउ गरेर अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।
 





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार २०:२१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया