काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरी फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो ।

पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरेर सामान्य अवस्थामै जहाज अवतरण गरिएको थियो ।

बुद्धको बिएचए ५५५ उडान नम्बर रहेको जहाज काठमाडौं अवतरण भएसँगै अर्को जहाजबाट यात्रुलाई सिमरा पठाउने तयारी भइरहेको विमानस्थलले जनाएको छ । जहाजमा ७० यात्रु सवार थिए । 





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १९:३५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया