ताप्लेजुङबाट हतियारसहित एक व्यक्ति पक्राउ

प्रहरीले ताप्लेजुङको मिक्वाखोलाबाट हातहतियारसहित एकजनालाई पक्राउ गरेको छ । सहोदर भाइको भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोपमा प्रहरीले नवीनकुमार नाल्बोलाई मिक्वाखोला गाउँपालिका ४ बाट पक्राउ गरेको हो । 

नवीनको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल एक थान, उक्त बन्दुकमा प्रयोग हुने गोली (फलामका छर्रा) ६ वटा, बारुद‚ एउटा खुकुरी र रडको टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि फौजदारी मुद्दाअन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक सञ्जय बुचाको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको थियो ।





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार २०:२२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया