दोलखामा माओवादीका कार्कीको अग्रता कायमै, एमालेका शिवाकोटी २६ सय बढी मतले पछाडि

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन् । 

५ हजार ९ सय ७० मतगणना हुँदा उनले ३ हजार ६ सय १८ मत प्राप्त गरेका छन् । कार्कीका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले १ हजार ८ सय मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

जिल्लाको प्रदेशसभा (क) मा ४ हजार ७ सय ३३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २ हजार ५ सय २५ मत ल्याएका छन् । त्यस्तै, एमालेका नरबहादुर श्रेष्ठले १ हजार ६ सय १६ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (ख) मा ४ हजार ४ सय ९४ मतगणना हुँदा एमालेका भरत केसीले २ हजार १ सय ८५ र कांग्रेसका बर्मा लामाले १ हजार ८ सय ५७ मत प्राप्त गरेका छन् ।

जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो । बाँकी स्थानमा यही ४ मंसिरमा मतदान भएको थियो ।

जिल्ला ९४ मतदानस्थल र १ सय ९५ मतदान केन्द्र थिए । कूल १ लाख ६१ हजार ४ सय ५० मतदाता रहेका थिए ।  





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार ११:४७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया