नेपालमा पछिल्लो २४ घण्टामा चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पिसिआर र एन्टिजेन गरी ११ सय ८९ जनाको नमुना परीक्षण गर्दा चारजनामा कोरोना पुष्टि भएको हो ।
कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक सय जनाभन्दा तल झरेको छ ।
पछिल्लो २४ घण्टामा १८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९२ जनामा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।