मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिकर्फको मत गणना जारी छ ।
सोमबार रातिसम्म एक करोड चार लाख ४७ हजार ७४९ मत गणना भएको छ । जसअनुसार २८ लाख एकहजार ८७० मतसहित नेकपा (एमाले) पहिलो पार्टी बनेको छ ।
दोस्रोमा रहेको नेपाली कांग्रसले २६ लाख ७३ हजार २७ मत पाएको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६३ हजार ८५ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ६१४ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६८९ मत पाएको छ ।
जनता समाजवादी पार्टीले चार लाख २० हजार ९४९ मत पाएको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीले तीन लाख ९४ हजार ५३७ मत पाएको छ ।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने दुई लाख ९४ हजार ५०४ मत मात्र पाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।