बीबीसी सन् २०२२ का १०० प्रभावशाली महिलाको सूची सार्वजनिक

बीबीसीले सन् २०२२ का लागि १ सय जना प्रेरणादयी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ ।

जसमा बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियंका चोपडा जोनस र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास, घानाकी लेखिका नाना डार्कोका सेकिआमाहलगायत समावेश छन् ।

बीबीसीका अनुसार यो सूचीले सन् २०२२ मा विश्वभरी द्वन्द्वको केन्द्रमा महिलाको भूमिकालाई प्रतिबिम्बित गरेको छ । बीबीसीले हरेक वर्ष विश्वभरका १ सय जना प्रभावशाली र प्रेरणादायी महिलाहरूको नाम सार्वजनिक गर्दै आएको छ ।   





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १३:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया