आज एमाले केन्द्रीय कार्यालय बैठक बस्दै
फाइल तस्बिर

हालै सम्पन्न निर्वाचन पछि पहिलो पटक आज नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्न लागेको छ । कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार मंसिर ४ को निर्वाचनपछि पहिलो बैठक बस्न लागेको हो । 

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक बस्न लागेको हो । आजको बैठकले केन्द्रीय सचिवालय बैठकको एजेन्डा तय गर्ने छ। केन्द्रीय सचिवालयको बैठकअघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गरेको छ । 

बैठकमा समानुपातिकको बन्द सूचीबारे पनि आवश्यक छलफल हुने बताइएको छ।  





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार ११:४२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया