दिल्लीको अर्पित होटलमा आगलागी हुँदा १७ जनाको मृत्य

एजेन्सी– दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार बिहान आगलागी हुँदा १७ जनाको मृत्यु भएको भारतीय अग्नी नियन्त्रण विभागले जानकारी  दिएकाे छ ।  घटनामा अन्य ११ जना घाइते भएका छन् । 

करोल बाघस्थित गुरूद्वारा सडकमा रहेको अर्पित होटेलमा मङ्गलबार बिहान करिब साढे चार बजेको समयमा आगलागी भएकाे विभागले जनाएकाे छ । आगलागीकाे सूचना पाएपछि तत्काल बारूण यन्त्रसहित केही अग्नी नियन्त्रक त्यसतर्फ गएपनि उनीहरूलाई जोगाउन नसकिएको प्रहरी उप–आयुक्त एमएस रान्धावाले बताए । 

विभागका प्रमुख अतुल गर्गले भने, ‘उद्धार टोलीलाई विहान ४ः३५ मा सूचना प्राप्त भए लगत्तै उद्धारका लागि पठाइएको र उक्त टोलीले होटेलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गर्न सकिएको थियो भने १७ जनाको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो ।’

उद्धार टोलीले घटनास्थलबाट १३ जनाको मृत शरीर राम मनोहर लोहिला अस्पताल र अन्य चार जनाको मृत शरिर लेडी हार्डिनेज मेडिकल कलेज तथा बिएलके अस्पताल अन्तिम परीक्षण रिपोर्टका लागि पठाइएको छ । 

एक महिला र एक बालकले आगलागीपछि आत्तिएर अस्पताल भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको अस्पतालको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ । 

आगोमा जलेर घाइते बनेका ११ जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरी उप–आयुक्त एमएस रान्धावाले भने, ‘आगलागी घाइते केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या केही बढ्नसक्ने देखिएको छ ।’

चारतले होटेलमा ३५ कोठा रहेका थिए भने सोमबार उक्त होटेल एउटा परिवारले कार्यक्रमका लागि लिएको आफूलाई जानकारी भएको रान्धावाले बताए। 





  • प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार १२:२२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया