डिउटीमा रहेका चिकित्सक श्रेष्ठको हृदयाघातबाट मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. किरण श्रेष्ठको हृदयाघातका कारण मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार जनरल सर्जरी विभागमा आवासीय चिकित्सकका रूपमा कार्यरत २५ वर्षीय श्रेष्ठको बुधबार बिहान मृत्यु भएको हो ।

उनी बुधबार बिहान डिउटीमा थिए । बिरामीको शल्यक्रिया सकिएपश्चात् श्रेष्ठ अस्वस्थ भएका थिए । त्यसपछि उनलाई आवासमा लगिएको थियो । 

लगत्तै बेहोस भएका डा. श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बुधबार नै मृत घोषणा गरेको हो । पाँचथरका उनी प्रतिष्ठानमा एमएस प्रथम वर्षमा अध्ययनरत थिए ।  





  • प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार १४:५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया