सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ किलोको माला लगाइएको हो ।
सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने धनगढी पुगेका देउवालाई आयोजक कैलाली उद्योग वाणिज्य संघले १५ किलोको माला लगाएको हो । देउवालाई १५ बुँदे मागसहित १५ किलोको माला लगाइएको हो ।
यसअघि २१ बुँदे मागबाट सुरु भएको महोत्सवमा यस वर्ष प्रमुख अतिथिलाई १५ किलोको माला लगाइएको छ । २१ बुँदाबाट केही माग पुरा भइसकेकाले मालाको तौल घटाइएको हो ।
प्रदेशको गौरिफण्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, गौरिफण्टादेखि मानसरोवर जोड्ने सडक, प्रर्दशनीस्थलको व्यवस्था, आइटी हब लगायतका माग रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।