समानुपातिक सांसद चयन गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।
एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको छ । उसले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको नाम पठाउन दलहरूलाई निर्देशन दिइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।