भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा पनि घट्ने
फाइल फाेटाे

भारतबाट पुनः इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको हो । निगमलाई शुक्रबार प्राप्त सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेर आएको हो । 

हाल निगमले नेपालमा पेट्रोल १८१ रुपैयाँमा बिक्री गर्दै आएको छ भने  डिजेल १७८ रुपैयाँमा र हवाई इन्धन १९० रुपैयाँमा बिक्री गरिरहेको छ ।

यो पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि निगमले इन्धनको मूल्य केही घटाउने तयारी गरिरहेको बताइएको छ । नेपालमा मूल्य नघटाउँदासम्म निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रुपैयाँ, डिजेलमा करिब १३ रुपैयाँ नाफा छ । 





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार १७:१२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया