मधेशकाे मुख्यमन्त्रीमा जनमत पार्टीको दाबी

जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश प्रदेशले जनमत पार्टीको नेतृत्वको सरकार खोजिरहेको उनले बताएका छन् । मुख्य निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा बाेल्दै उनले मधेशकाे मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताए ।

आफ्नो पार्टीबाट विजयी सदस्यहरूको संख्या र मधेशका जनताको मागअनुसार मधेशमा नेतृत्व दाबी गर्ने उनकाे भनाइ छ । हालको सत्ता गठबन्धनलाई नै समर्थन रहने संकेत गर्दै उनले यसका लगि  सरकारले आफ्नो पार्टीका माग पूरा गर्न प्रतिबद्धता जनाउनुपर्ने बताए ।

अघिल्ला सरकारले गरेका जस्तो कागजमा मात्रै सीमित प्रतिबद्धताको पछि जनमत नलाग्ने उनले बताए । गठबन्धनबाहेक अरुसँग पनि छलफल भइरहेको र ती छलफललाई सकारात्मक रुपमा लिएको उनले बताए । 





  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार १७:४०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया