जंगली हात्तीको आतंकले सिंगो गाउँ नै जाग्राम

सिरहा– सिरहाको उत्तरी क्षेत्रमा जंगली हात्तीले आतंक मच्चाएपछि स्थानीय जाग्राम बस्न बाध्य भएका छन् । चुरे जंगलसँग जोडिएको सिरहाको गोलबजार नगरपालिका–३ जमदह, मुसहर्निया र गोलागाउँमा केही दिनदेखि जंगली हात्तीले घर, शौचालय भत्काउनुका साथै गहुँबारी, टमाटरलगायतका खेतीबाली नष्ट पार्न थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका हुन् । 

रातिको समयमा जंगलबाट हात्ती आउने र घर भत्काएर धनजनको क्षति पुर्याउने गरेकाले स्थानीय समूह बनाएर जाग्राम बस्ने गरेको गोलबजार नगरपालिका–३ का वडाध्यक्ष धनप्रसाद मोक्तानले जानकारी दिए । 

त्यस्तै, धनगढीमाई नगरपालिका–१३ मा पर्ने उत्तरी गाउँमा पछिल्लो तीन दिनदेखि जंगली हात्तीको कारणले स्थानीय बासिन्दा आतंकित भएका छन् । हात्तीले भुल्किया जोगीडाँडाका राजेन्द्र लामा र सुवे यादवको घर भत्काउनुका साथै भकारीमा राखिएको धान चामल खाएको वडाध्यक्ष सूर्यमान तामाङले जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार १३:५१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया