पदबाट राजीनामा दिने बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेकाे तयारी

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् ।

संघीय सांसदको शपथ ग्रहण गरेपछि उनले राजीनामा दिने तयारी गरेका हुन् ।

कानुनले प्रदेशको मुख्यमन्त्रीले प्रतिनिधिसभाको शपथ लिन हुने/ नहुने केही नभनेको कारण शपथ लिएको मुख्यमन्त्री पाण्डेले बताएका छन् । 

मुख्यमन्त्री पदबाट राजीनामा नगरी पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ ।

मुख्यमन्त्री स्रोतका अनुसार भोलि शुक्रबार उनले राजीनामा दिने तयारी गरेका छन् ।





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार १६:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया