सांसदद्वय यादव र राईले आज शपथ ग्रहण गर्दै
फरकधार / ८ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

बिहीबार शपथ ग्रहण गर्न छुटेका चारमध्ये दुई प्रतिनिधि सभा सदस्यले आज शपथ ग्रहण गर्ने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार आज माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लागेका हुन् ।



उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम छ । उपत्यका बाहिर रहेका यादव र राई दुवै जना मौसम प्रतिकूलताका कारण हवाई उडान ढिलो हुँदा शपथ ग्रहण समारोहमा सहभागी हुन सकेका थिएनन् ।



त्यस्तै, बिहीबार एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि शपथ ग्रहण समारोहमा छुटेका थिए । आले पारिवारिक शोक र राई सुत्केरी भएकाले बिहीबार सपथग्रहण गर्न छुटेका थिए ।



उनीहरूले आफ्नो अनुकूलतामा शपथ लिने संसद् सचिवालयले बताएको छ । 







  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार ९:४२:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया