लुम्बिनी प्रदेश सांसदले आज शपथ लिँदै
फाइल तस्बिर

लुम्बिनी प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । ८७ जना प्रदेशसभा सदस्यले स्थायी राजधानी देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा शपथ लिन लागेका हुन् । 

प्रदेशसभा सदस्यहरूलाई दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउने कार्यक्रम छ । प्रदेश प्रमुख शेरचनले भोलिका लागि प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ४ को उपनियम १ बमोजिम प्रदेश प्रमुखबाट शपथ गराउन लागिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । 

‘नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको पहिलो अधिवेशन आह्वान पश्चात प्रदेशसभाको बैठक बस्नुअघि प्रदेश सभामा निर्वाचित भई आउने सदस्यले अनुसूची १ को ढाँचामा प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु पर्नेछ,’ प्रदेशसभा नियमावलीमा भनिएको छ ।

अन्य प्रदेशमा भने प्रदेश प्रमुखले प्रदेशसभाका ज्येष्ठ सदस्यलाई शपथ गराउने र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने व्यवस्था छ । 





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार ८:४३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया