बागमती प्रदेशसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजका लागि बैठक बोलाएका हुन् ।​

प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले गर्नेछन् । संविधानको धारा १८३ अनुसार प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ढुंगानाले गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सरकारले प्रदेशसभाको पहिलो बैठकका लागि सम्भावित कार्यसूची समेत तय गरेको छ । प्रदेशसभाको पहिलो बैठकको सम्भावित कार्यसूचीमा स्वागत तथा शुभकामना, सभामुख र उपसभामुखको निर्वाचन, प्रदेश प्रमुख कार्यालयबाट प्राप्त चिठीपत्रहरू पेस गरिने छ ।

प्रदेशसभाको पहिलो बैठकमा सरकारको तर्फबाट सदनमा पेस भएका केही अध्यादेश प्रस्तुत हुने र सोको प्रक्रिया पूरा गरी कानुन निर्माणमा अघि बढाइने छ ।

प्रदेश सरकारले संसद नचलेको अवस्थामा गत भदौ १ गते स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७९, प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गरेको थियो ।

त्यस्तै, १२ असोजमा प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) अध्यादेश, २०७९, असोज ३० गते प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश, २०७९, प्रदेश कृषि विकास अध्यादेश, २०७९, प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको थियो । 





  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १०:३९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया