स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न स्ववियु परिषद्को माग

स्ववियु परिषद्ले स्ववियु निर्वाचन गर्ने निर्णय छिटो गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरेको छ । परिषद्ले बुधबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि विभिन्न बहानामा स्ववियु निर्वाचनको मिति घोषणा गर्न आलटाल भएका भन्दै यस्ता गतिविधिले त्रिभुवन विश्वविद्यालयको चरित्र र नैतिकतामाथि प्रश्न उठेको जनाएको हो । 

परिषद्का अध्यक्ष निराजन नेपालद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल, स्ववियु निर्वाचनका लागि सदैव तयार रहेको भन्दै विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेर गरेको पत्राचारको अक्षरश: पालना गर्न त्रिविलाई ध्यानाकर्षण गराएको  छ । 

स्ववियु चुनावको कार्यतालिका जारीअगावै स्नातक तहको परीक्षाको नतिजा प्रकाशित गर्न पनि परिषद्ले माग गरेको छ । स्ववियु निर्वाचनको कार्यतालिका यथाशीघ्र निकाल्न र निर्वाचन भव्य, सभ्य तरिकाले  सम्पन्न गर्न पनि परिषद्ले त्रिविलाई आग्रह गरेको छ ।

त्रिवि शैक्षिक क्यालेन्डरमा २/२ वर्षमा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । तर, चैत २०६५ यता त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न प्रस्ताव गरेको छ । कार्यकारी परिषद्ले निर्वाचन मिति घोषणा गरेपछि क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी तोकेर निर्वाचन सम्पन्न गराउने व्यवस्था छ ।

०७५ मा स्ववियु निर्वाचन तयारी थालिए पनि अन्तिम समयमा स्थगित हुन पुगेको थियो । २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएदेखि स्ववियु निर्वाचन बिथोलिँदै आएको छ ।





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार १८:१०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया