सर्लाहीको बागमती नगरपालिका–२ नयाँरोड बरहथवा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक गोडैता नगरपालिका –४ बस्ने ३२ वर्षीय विश्वजित हजारी रहेका छन् ।
गएराति पौने १ बजे बाटोको छेउमा बिग्रिएर रोकिराखेको ट्रकमा प्रदेश ०३–००४ प १५९३ नम्बरको मोटरसाइकल ठोक्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही हजारीको घटनास्थलमै मृत्यु भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।