यती एयरको आइतबार भएको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ ।
सोमबार दिउँसो सेती खोँचमा एक जनाको शव भेटिएको हो । यो शव सेती नदीको पानीमा भेटिएको कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख अजय केसीले जानकारी दिएका छन् ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडान भरेको यती एयर पोखरा विमानस्थलमा अवतरण गर्नुभन्दा केही समयअघि मात्र दुर्घटनामा परेको थियो । विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए ।
अहिलेसम्म दुर्घटनामा परेका ६९ जनाको शव भेटिएको छ । ३ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।