श्रममन्त्री अर्यालको प्रष्टीकरण : म्यानपावरमा मेरो लगानी छैन

श्रम तथा रोजगार मन्त्री  डोलप्रसाद अर्यालले म्यानपावर क्षेत्रमा आफ्नो लगानी नरहेको स्पष्ट पारेका छन् । म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालय दिएको भन्दै चौतर्फी आलोचना भएपछि मन्त्री अर्यालले स्पष्ट पारेका हुन् । 

गलत काम गरेर एक पैसा पनि आर्जन नगरेको उल्लेख गर्दै उनले राजनीतिमा संलग्न भए पछि कतै पनि प्रत्यक्ष आबद्ध नभएको दाबी गरेका छन् ।

‘म्यानपावर कम्पनीमा म कहिल्यै पनि छैन । साथीहरूले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौँ है भनेर  ‘इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर’ को पद लेखिदिए तर हटाइदिन भुले । तर, त्यो वा कुनै मेनपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न सेयर न स्यालरी । समाचार बनाउनेहरूले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति सेयर थियो? मैले कुनै गलत काम गरेर एक पैसा पनि आर्जन गरेको छैन । राजनीतिमा संलग्न भए पछि त झन् कतै पनि प्रत्यक्ष आबद्ध छैन,’ मन्त्री अर्यालले फेसबुकमार्फत भनेका छन् । 

उनले आफ्नो कार्यकालमा ऐतिहासिक काम गर्ने दाबी पनि गरेका छन् । मन्त्री अर्यालले सञ्चारमाध्यमको स्पेस आफ्ना राम्रा कामका लागि पनि खाली राख्न आग्रह गरेका छन् ।  
 
उनले देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै संलग्नता भएकाले आफ्नो स्वार्थ नबाझिने कुनै क्षेत्र नै नरहेको पनि बताएका छन् । ‘देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै–थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबाझिने त कुनै क्षेत्र नै छैन । एक्लै कुनै व्यवसायमा लगानी गर्ने मेरो आर्थिक हैसियत हिजो पनि थिएन र अझै पनि छैन,’ मन्त्री अर्यालले भनेका छन् ।  





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १४:१७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया