इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेड १–१ गोलको बराबरीमा रोकिएको छ । गएराति प्यालेसको मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो ।
खेलको ४३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि पहिलो हाफमा युनाइटेडले १–० को अग्रता लिएको थियो । तर, खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा युनाइटेड अंक बाड्न बाध्य भयो ।
प्यालेसका मिखाएल ओलिसले इन्जुरी समयमा फ्रि–किकमार्फत सुन्दर गोल गर्दै टोलीलाई हारबाट जोगाए । यो बराबरीसँगै युनाइटेडले म्यानचेस्टर सिटीलाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका गुमायो ।
तेस्रो स्थानमा रहेको युनाइटेडले १९ खेलबाट ३९ अंक जोडेको छ । सिटीको पनि १८ खेलबाट समान ३९ अंक भए पनि ऊ गोल अन्तरमा अघि छ ।
शीर्ष स्थानको आर्सनलले ४७ अंक जोडेको छ । १२ औँ स्थानमा रहेको प्यालेसले १९ खेलबाट २३ अंक जोडेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।