नेप्से परिसूचक ८.१४ अंकले वृद्धि

मंगलबार नेप्से परिसूचक ८.१४ अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक बढेर २१७३.२४ विन्दुमा पुगेकाे छ । 

सेन्सेटिभ परिसूचक पनि २.५३ अंकले बढेर ४१५.५४ विन्दुमा पुगेको छ । 

कूल २४८ वटा कम्पनीकाे ८३ लाख एक सय ८७ कित्ता सेयर खरिदबिक्री भएकाे छ । जसबाट ३ अर्ब ३२ लाख ३० हजार ३९ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ । 

आज नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १२ कराेड ९१ लाख ७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

मंगलबार सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ४४ रूपैयाँ ६० पैसा पुगेकाे छ । 



आज मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.४८ प्रतिशतले घटेर ५ सय ९ रूपैयाँमा झरेकाे छ ।



  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १५:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया