राष्ट्रिय सभा उपनिर्वाचन : कांग्रेसबाट माधवप्रसाद आचार्यले दिए उम्मेदवारी
फरकधार / ११ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् ।



रोल्पाका आचार्यले बुधबार दिउँसो साढे २ बजे प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गरेका हुन । उनको प्रास्तावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छन्।



आचार्य रोल्पाका पूर्व सभापति हुन् । कांग्रेसले आज बिहान मात्र आचार्यको नाम टुंगो लगाएको थियो । 



सत्तारूढ दलबाट यसअघि एमालेका कुमार दसौदीले उम्मेदवारी दिइसकेका छन् ।







  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार १५:२९:३३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया