३.१५ विन्दुले घट्यो नेप्से

काठमाडौ‌ं– आज शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर १,१०९.७२ विन्दुमा पुगेको छ । 

यस्तै, ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७६ विन्दुले घटेर २३६.१६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १७३ कम्पनीको ८ लाख २८ हजार ८५३ कित्ता शेयर २१ करोड ७ लाख ३२ हजार १४७ रुपैयाँमा खरिद–बिक्री भए । 

कारोवार भएका कुल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य बढेको छ । होटल ५.५, विकास बैंक ३.६८ र उत्पादन ६.२५ विन्दुले बढेको छ भने बैंकिङ ०.९२, व्यापार ४.१४, जलविद्युत् ८.३४, वित्त १.३६, निर्जीवन बिमा ९.०५, अन्य ७.७८, लघुवित्त १.६६ र जीवन बिमा ५३।७५ विन्दुले घटेका छन् । 

घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज ९.८७ प्रतिशत नाफा कमाए । यस्तै, उक्सेल डेभलपमेन्ट बैंककाले ५.३६, पञ्चकन्या माई हाइड्रो पावरकाले ३.८१, मिर्मिरे लघुवित्त वित्तीय संस्थाकाले २.९३ र नबिल इक्विटी फन्डका शेयरधनीले २.८० प्रतिशत कमाए । 

गुमाउनेमा कञ्चन डेपलभमेन्ट बैंक ६.८३, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ५.२६, अरुण काबेली पावर ४.९०, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ४.५५, ङादी समूह ४.१६ र नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.१६ प्रतिशत गुमाए ।





  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार १८:७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया