गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्दाको सुनुवाइ सकिएसँगै सर्वोच्च बढाइयो सुरक्षा

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएसँगै सर्वोच्च परिसरमा सुरक्षा तैनाथी बढाइएको छ ।

सर्वोच्चमा केही बेरअघिबाट जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त सिंहदरबारबाट थप टोली खटाइएको हो । यसअघि अदालत परिसरमा प्रहरी उपरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीको टोली नियमित रहने गरेको थियो । 

सुनुवाइ सकिएसँगै संवैधानिक इजलासका न्यायाधीशहरू फैसलाको तयारीमा छन् । 





  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार १५:३०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया