सुदूरपश्चिमका प्रदेश प्रमुख मल्ल आइसियुमा

कैलाली– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल अस्पताल भर्ना भएका छन् । दम, ज्वरो र छाती दुख्ने समस्या बढेपछि उनी धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा भर्ना भएका हुन् । अस्पतालका अनुसार उनलाई आइसियुमा राखिएको छ ।

उपचारमा संलग्न डाक्टरका अनुसार दमसँगै उनको उनको रगतमा डब्लुबिसी, आरबिसी र प्लेटलेट्सको मात्रा कमी भएका कारण समस्या उत्पन्न भएको हो ।

स्वास्थ्य गम्भीर भएर भन्दा पनि बाहिर राख्दा भिजिटर धेरै आउने हुँदा संक्रमण भई समस्या बढ्न सक्ने भएकाले उनलाई आइसियुमा राखिएको अस्पताल स्रोतले बताएको छ । उनलाई सोमबारसम्म आइसियुमै राखिनेछ । 





  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार २१:२६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया