रेशम चौधरी रिहा नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने
फाइल तस्वीर ।

टीकापुर घटनामा दोषी पाएर जेल सजाय कटाइरहेका रेशम चौधरीलगायतको रिहाइ नभएसम्म आफूहरु सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीले अडान कायम राखेको छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म आफूहरु संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने बताएकी छिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी अहिलेसम्म सरकारमा सहभागी भएको छैन । सुदूरपश्चिम प्रदेशमा पनि यो पार्टीले सभामुख निर्वाचनमा तटस्थ बसेको छ । त्यहाँ मुख्यमन्त्रीलाई विश्वासको मतका लागि यो पार्टीले आफ्ना सर्तहरु पूरा हुनु पर्ने माग राखेको छ ।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा रञ्जिताले पनि सरकारसँग आफूहरुले माग राखेको र त्यो पूरा भएमा मात्र आफूहरु सरकारमा सहभागी हुने बताएकी छिन् ।

आफ्नो पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा आफ्नो पार्टी नरहेको पनि उनले जिकिर गरेकी छिन् ।

उनले भनिन्, ‘जबसम्म नागरिक उन्मुक्ति पार्टीको माग, मुद्दा सरकारले सम्बोधन गर्दैन, तबसम्म हामी प्रतिपक्ष बेञ्चमै बस्ने छौँ । सुदूरपश्चिम प्रदेशमा हामीले मुख्यमन्त्रीलाई समर्थन गरेका छौँ । र, विश्वासको मत दिनुभन्दा अगाडि सरकारले हाम्रो माग, मुद्दा सम्बोधन गरोस् भन्ने हाम्रो पार्टीको चाहना पनि रहेको छ ।’





  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार १९:१९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया