लन्डनबाट भागेर आइएसमा गएकी शमिमाले बच्चा जन्माइन्

एजेन्सी– बेलायतबाट भागेर ‘चरमपन्थी संगठन’ इस्लामिक स्टेट (आइएस)मा सदस्य हुन गएकी शमिमा बेगमले बच्चा जन्माएको उनको परिवारले जनाएको छ । 

शमिमाको परिवारका वकिलले जारी गरेको विज्ञप्तिअनुसार बेगमले छोरालाई जन्म दिएकी हुन् र दुवैको स्वास्थ्य राम्रो रहेको उनले जनाएका छन् ।

गत साता सिरियाको शरणार्थी क्याम्पमा भेटिएकी बेगमले आफू बेलायत फर्किन चाहेको बताएकी थिइन् । १९ वर्षीया बेगमले आफू आइएसमा जोडिन आउँदा भविष्यबारे केही अनुमान गर्न नसकेको बताएकी छिन् । उनले आफू सिरिया जानुलाई आफ्नो ठूलो गल्ती भएको पनि औंल्याएकी छिन् । 

‘मेरो त्यो निर्णय गल्ती थियो,’ उनले बेलायती एक सन्चारमाध्यमलाई भनेकी थिइन्, ‘तर, मलाई पछुतो छैन किनकि मलाई त्यही निर्णयले परिवर्तन गरेको छ । मैले सिरियामा पनि राम्रो समय बिताएँ तर त्यो समय निकै समस्याग्रस्त थियो ।’

उनले आफू गर्भवती भएको कुरा पनि त्यो अन्तर्वार्तामा बताएकी थिइन् ।

यो कुरा थाहा पाएका उनका परिवारले उनलाई जतिसक्दो छिटो बेलायत फर्काउन पहल गर्नु पर्ने बताएका छन् । उनीहरुका वकिलका अनुसार उनीहरु बेगम र उनको छोराको स्वास्थ्यप्रति चिन्तित छन् ।



बेगम र उनका अन्य दुई साथी कादिजा सुल्ताना र अमिरा अबास आइएसको सदस्य हुन फ्रेबुअरी २०१५ मा लन्डनबाट सिरिया गएका थिए । त्यति बेला यो घटनाले विश्वभरका मिडियाको ध्यान तानेको थियो । 



  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार २३:५०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया