अमेरिका सेना सिरियाबाट फर्केपछि इरान र रुसको दबदबा बढ्छ – एन्जेला मर्केल

जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिकी सेना सिरियाबाट फिर्ता भएपछि रुस र इरानको दबदबा बढ्ने बताएकी छन् । अमेरिकी शक्ति त्यहाँ नभएपछि इरान र रुसले आफ्नो प्रभाव बढाउँदै सिरिया आफ्नो नियन्त्रणमा लिन सक्ने दावी गरेकी छन् । 

म्युनिख सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै उनले भनेकी छन् ‘के अमेरिकी सेना सिरियाबाट छिटै हटाइहाल्नु अमेरिकाको लागि उपयुक्त छ ? के यसले फेरि एक पटक सिरियामा इरान र रुसको प्रभाव बढ्ने मौका मिल्दैन ?’ 

डिसेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट आफ्ना २००० सैनिक फिर्ता बोलाउने घोषणा गरेका थिए । अमेरिकाका अनुसार आइएस पूर्णरुपमा पराजित भएको छ, अब अमेरिकी फौजको त्यहाँ आवश्यकता छैन । 

अमेरिकी सैनिक फिर्ता आएपछि आफ्ना सेनालाई सिरियामा राख्न अमेरिका आफ्ना सहयोगी राष्ट्रहरुसँग आग्रह गर्दै आइरहेको छ । 

अमेरिकाका अनुसार अहिले आइएसका लडाकु उत्तरी–पूर्वी सिरियाको एउटा सानो क्षेत्रमा बसेका छन्, जहाँ उनीहरु अन्तिम लडाई लडिरहेका छन्, र प्रत्यक्ष हारको खतरा आइएसलाई छ । 
 





  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार ८:९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया