रास्वपामा विग्रहको संकेतः चितवन सभापतिले दिए राजीनामा

चुनावभन्दा अगाडिसम्म पार्टी ठिकै लागे पनि पछिल्लो समय पार्टी खराब हुँदै गएको निष्कर्ष निकालेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजीनामा दिएका छन् । 

उनले पार्टीमा व्यक्तिवादी हैकम र अराजकता बढी भएको आरोपसमेत लगाएका छन् ।

उनले पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुन्द ढकाललाई राजीनामा बुझाएका हुन् । पार्टीले जिल्ला कमिटीलाई बेवास्ता गरेको र जिल्ला कमिटीसँग कुनै पनि विषयमा कुनै सरसल्लाहसमेत नभएको आरोप पनि उनले लगाएका छन् ।

उनले देशभरका पार्टीका जिल्ला कमिटीहरुको अवस्था यस्तै भएको हुनसक्ने अनुमान पनि गरेका छन् ।

पछिल्लो समय रास्वपामा सांसद पद गुमाएका रवि लामिछाने नै गृहमन्त्री हुनुपर्छ भन्ने समूह र अर्को समूह गरेर केन्द्रमा पनि मतभेद देखिन थालेको छ ।





  • प्रकाशित मिति : माघ १८, २०७९ बुधबार १९:२३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया