माओवादी स्थायी कमिटी बैठक बस्दै, के–के छन् छलफलका विषय?
फाइल तस्बिर

बुधबार स्थगित भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको हो ।

बैठकमा गृह मन्त्रालय, राष्ट्रपति निर्वाचन, पार्टीका विभागमा नेताहरूको जिम्मेवारी तोक्नेलगायत विषयमा बैठकमा छलफल हुनेछ ।

यसअघि बुधबार बस्ने तय भएको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण स्थगित गरिएको थियो । 

त्यस्तै, समसामयिक राजनीतिक घटनाक्रममाथि पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । मंगलबार बसेको पदाधिकारी बैठकले नागरिकता विवादका कारण पदमुक्त रवि लामिछाने र उनको पार्टीलाई तत्काल गृह मन्त्रालय नदिने निर्णय गरेको थियो ।

माओवादी केन्द्रको उक्त निर्णयपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढेको चर्चा हुन थालेको छ । यद्यपि प्रधानमन्त्री प्रचण्डले आफू गठबन्धन जोगाउन सक्दो प्रयास गरिरहेको बताउँदै आएका छन् ।   





  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार ९:३७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया