बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ती पार्टीका प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई जिल्ला अदालत कैलालीमा पेस गरिएको छ। बिहीबार राति बाँके–धनगढी विमान नहुँदा चौधरीलाई काठमाडौं लगिएको थियो । उनलाई काठमाडौंबाट बिहीबार साँझ श्रीएयरलाइन्सको विमानमार्फत धनगढी ल्याइएको हो ।
३ भदौ २०६६ मा लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनालाई ९ वैशाख २०७० मा ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउनू भन्दै फैसला सुनाएको थियो ।
आफ्नो कैद भुक्तान नगरेका चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरी जिल्ला अदालत पेस गर्ने तयारी गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टीले भने उनको रिहाइको माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।