स्यान्डविच चोरेको स्वीकार्दै सांसदले संसदमा भने ‘योे सोसल एक्सपेरिमेन्ट हो’
सांसद दारजी क्रेजिसिच/तस्बिर: एजेन्सी

एजेन्सी– एक सांसदले सुपरमार्केटबाट स्यान्डविच चोरेर आफूले ‘सोसल एक्सपेरिमेन्ट’ गरेको बयान संसदमा दिएका छन् ।

स्लोभेनियाका ती सांसदले स्यान्डविच चोरेको केस स्वीकार्दै राजीनामा पनि दिएका छन् ।  विपक्षी नेताहरुले आपत्ति जनाएपछि संसदमा आफूले स्यान्डविच चोरेको स्वीकार गर्दै सभामुखसमक्ष राजीनामा दिएका हुन् ।

सत्तारुढ पार्टी मरजान सारेच लिस्टका सांसद दारजी क्रेजिसिच पछिल्लो हप्ता देशका सर्विलेन्स सिस्टमबारेमा संसदमा भएकाे छलफलमा सहभागी थिए । यो अवसरमा उनले स्यान्डविच चोरीको घटना उल्लेख गरेका थिए । 

क्रेजिसिचले भनेका थिए ‘मैले स्यान्डविच लिएको समयमा पसलका कुनै पनि कर्मचारीले ध्यान दिइरहेका थिएनन् । स्यान्डविचको बिल तिर्न केही समय कुर्दा पनि उनीहरु नआएपछि म यत्तिकै पसलबाट बाहिरिए ।’

दारजीले संसदमा बयान दिँदै यो उनको एक सोसल एक्सपेरिमेन्ट भएको बताएका छन् । उनका अनुसार सांसदलाई सर्भिलियन्स सिस्टमको बारेमा बताउनु यसको एउटा उद्देश्य थियो । त्यही दिन उनी पैसा दिन पुनः सुपरमार्केट गएका थिए । 

यो घटना सुनेपछि संसदमा दारजीकै पार्टीका नेताले उनको विरोध गरेका थिए । कतिपय सांसदले यस्तो व्यवहार गलत भएको टिप्पणी गर्दै तुरुन्त राजीनामा दिन आग्रह गरेका थिए । दारजी सांसद भएको ५ महिनामात्र भएको थियो । 



तर दारजीले आफूले राजीनामा कुनै दवाबमा आएर नदिएको प्रतिक्रिया दिएका छन् । आफ्नो इमान्दारीलाई उचाईमा राख्न राजीनामा दिएको उनको भनाइ छ । 

सामाजिक सञ्जालमा कतिपयले उनको इमान्दारीको प्रशंसा गरेका छन् । कतिले उनलाई मजाक बनाउँदै ट्विट गरेका छन् ‘यो दारजीको जीवनमा सबैभन्दा महंगो स्यान्डविच थियो ।’
 



  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार १०:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया