नेपालमा अमेरिकाले गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर
अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गर्ने ’प्रजातन्त्र सम्मेलन’मा प्रधानमन्त्रीलाई दाहाललाई निमन्त्रणा

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ९युएसएआइडी० प्रमुख सामन्था पावरले नेपालमा अमेरिकाले गरेको लगानीमा भूराजनीतिक सम्बन्ध नरहेको बताएकी छन् । 

बुधबार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएकी उनले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई बिस्तार गर्न चाहेको बताइन्  । नेपालसँग सम्बन्ध स्थापित गरेर सँगै काम गर्न अमेरिका इच्छुक रहेको बताइन्।

नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको बताउँदै उनले नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहने दाबी गरिन्।

उनले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ’प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्रीलाई पुष्पकमल दाहाललाई पनि निमन्त्रणा गरेको जानकारी दिइन्।





  • प्रकाशित मिति : माघ २५, २०७९ बुधबार २०:४३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया