वैवाहिक बन्धनमा बाँधिए निहारिका-शिवराज

निहारिका राजपूत र शिवराज श्रेष्ठले बिहे गरेका छन् । उनीहरूले शुक्रबार जानकी मन्दिरमा बिहे गरेका हुन् । शिवराज र निहारिकाले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन् ।

आफूमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर निहारिका उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी थिइन् । तर, गत १६ माघमा उनले धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै मिलापत्र गरेकी थिइन् ।  
 
आफूलाई कुमारी आमा भनेर चिनाउने राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा शिवराजविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । तर धनुषा जिल्ला अदालतले शिवराज र सोनालीबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो ।

धनुषा जिल्ला अदालतले शिवराजलाई बलात्कारको कसुरमा सफाइ दिएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन् । सोही समयमा उनले आन्दोलनसमेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् । तर, गत माघ १५ गते निहारिकाले धनुषा जिल्ला अदालतमा शिवराजविरुद्ध अंश दाबी गर्दै मुद्दा दर्ता गराएकी थिइन् ।   





  • प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार १३:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया