प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँ: मुख्यमन्त्री गुरुङ

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले प्रजातन्त्रका आधारभूत मूल्यमान्यता आत्मसात् गर्दै यसलाई जीवनपद्धति बनाएर अघि बढ्नुपर्ने बताए । 

मुख्यमन्त्री गुरुङले अहिलेसम्म प्राप्त सम्पूर्ण उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा पुग्नु आजको आवश्यकता, प्रमुख कार्यभार र साझा दायित्व भएकाले सबै गम्भीर भएर लाग्न सकौँ भन्ने कामना गरेका छन् । उनले प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत व्यक्त गरे ।

विसं २००७ फागुन ७ गते १०४ वर्षीय निरंकुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको दिनको सम्झनामा आजको दिनलाई प्रतातन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १०:३१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया