एटिएम मेसिन तोडफोड गरेर चोरी गर्ने चारजना पक्राउ

एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको आरोपमा चारजनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले भाग्दै गरेका दुई जनालाई महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो । 

थप अनुसन्धानको क्रममा उनीहरूसहित चार जनाले सोही महानगरपालिका–१५ ताल्चिखेलमा रहेको यम हासिका फोटो स्टुडियोमा चोरी गरेको खुल्न आएपछि उनीहरूलाई समेत च्यासल भोलढोकास्थित कोठाबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भई ललितपुर महानगरपालिका–९ च्यासल बस्ने २३ वर्षीय सन्तोष तामाङ, मकवानपुर घर भई च्यासल बस्ने २३ वर्षीय कान्छाराम तामाङ, महोत्तरी घर भई सुनाकोठी बस्ने २० वर्षीय विश्वास मगर र ललितपुर कोञ्ज्योसोम गाउँपालिका चौघरे घर भई ठेचो बस्ने २५ वर्षीय कुशल लामा छन् ।

प्रहरीले उनीहरूबाट चक्कु, क्यामेरा, फलामको रड, खुकुरी, हम्बर र एयरफोन बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 





  • प्रकाशित मिति : माघ २९, २०७९ आइतबार २२:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया