फाइजरको वाई भ्यालेन्ट खोप पहिलोपटक नेपाल आइपुग्यो

कोरोनाविरुद्धको नयाँ खोप काठमाडौं आइपुगेको छ । सोमबार बिहान कतार एयरको उडानबाट ३ लाख ४५ हजार ६०० डोज पहिलोपटक फाइजरको वाई भ्यालेन्ट खोप काठमाडौं आइपुगेको हो । 

कोभ्याक्स सुविधामार्फत आएको यो खोप नेपालमा पहिलोपटक प्रयोगमा आउन लागेको हो । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाकी वरिष्ठ फार्मेसी अधिकृत निषा पराजुलीका अनुसार आएको यो खोप हाल टेकुस्थित केन्द्रीय भण्डार कक्षमा राखिने र मागअनुसार सबै ठाउँमा वितरण गरिनेछ ।

उनका अनुसार मुख्य त यो खोप बुस्टर डोजको रूपमा प्रयोग हुनेछ । यस्तै, फागुन ८ र ११ गते पनि  सोही परिमाणमा खोप आउनेछ। बाँकी रहेको १ लाख २० हजार खोप १५ फागुनमा आइपुग्नेसमेत उनले बताइन् ।   

नयाँ बाइभ्यालेन्ट खोप ओमिक्रोन ४ र ५ मा प्रभावकारी देखिएको भन्दै नयाँ भेरियन्टमा प्रभावकारी हुने बताइएको छ । यो खोपको आपतकालीन प्रयोगका लागि गत १२ पुसमा बसको औषधि सल्लाहकार समितिको ५४ औँ बैठकले स्वीकृत गरिसकेको छ ।   





  • प्रकाशित मिति : फागुन १, २०७९ साेमबार १२:६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया