कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिवबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटघाट भएको छ । 

दुईदिने नेपाल भ्रमणमा आएका विदेश सचिव क्वात्राले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता सकेपछि विदेश सचिव कांग्रेस सभापति देउवालाई भेट्न पुगेका हुन् ।  

यसपछि विदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

दुई देशको सचिवस्तरीय वार्ताका लागि क्वात्रा आज नेपाल आएका हुन् ।





  • प्रकाशित मिति : फागुन १, २०७९ साेमबार १९:५९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया